गाँजाले लियाे सुरेन्द्रकाे ज्यान, ३ साथी प्रकाउ

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ निवासी २५ वर्षिय सुरेन्द्र सहनीको हत्याको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर निवासी २२ वर्षिय अजय साह, रानीघाट निवासी २० वर्षिय कृष्ण कुमार गुप्ता र श्रीपुर निवासी २० वर्षिय राजन साह कानुलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए। 

गत पुस १९ गते सहनीलाई हत्या गरीएको अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरस्थित बाँसघारी शव फेला परेको थियो। दुई ठाउँमा गाँजा तानेपछि जगरनाथपुरस्थित बाँसघारीमा विवाद हुँदा सुरेन्द्रको हत्या भएको उनले बताए।

सुरेन्द्रको शवमा ३६ ठाउँमा चक्कुको डोब फेला परेको प्रहरीले जनाएको छ। 'मृतकको शरिरमा ३६ ठाउँमा चक्कुको डोब छ।' उपरिक्षक राठौरले भने 'अनुसन्धानबाट अजयले सहानीमाथि चक्कु प्रहार गर्दा उनीसँगै रहेका कृष्णकुमार र राजनले सहयोग गरेको देखिएको छ।' 

प्रारम्भिक अनुसन्धानबाट सुरेन्द्रको आफ्नै साथीहरुले हत्या गरेको खुलेको उनले बताए। पक्राउ परेकाहरुलाई प्रहरी नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक राठौर जानकारी दिए। 
 

प्रकाशित मिति: : 2020-01-21 02:44:29

प्रतिकृया दिनुहोस्