नेपाल भ्रमणमा रहेको मलेसियन राष्ट्रिय क्रिकेट टिमलाई नेपाली राष्ट्रिय टिमले पहिलो एकदिवसीयमा सहजै पराजित गरेको छ।
पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले मलेसियालाई १ सय ३५ रनले पराजित गरेको हो। नेपालले दिएको २ सय ७८ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले ३७.२ ओभरमा १ सय ४२ रन मात्र बनाउन सकेको हो।
कमजोर ब्याटिंग गरेको मलेसियाको लागि सयद अजिज र ऐनुल हकिमले समान २८ रन बनाए। भिरनदिप सिंहले २४, मोहम्मद अरिफले १६ तथा शर्भिन मुनिएन्डीले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि करन केसी र कमल सिंह ऐरीले समान ३ विकेट लिए। करनले ८ ओभरमा २ मेडन ओभर गर्दै २७ रन खर्चिए भने कमलले ६ ओभरमा १ मेडन ओभर गर्दै २० रन खर्चिए ।
यता कुशल मल्लले २ विकेट तथा अविनाश बोहरा र पारस खड्काले समान १ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गर्ने क्रममा नेपालले ४६.६ ओभरमा सबै विकेट गुमाएर २ सय ७७ रन बनाएको थियो।
नेपालको लागि आरिफ शेखले शतकीय इनिङ खेले । उनले १०५ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। यस्तै सन्दिप जोराले ५८ रन बनाए । उनले ७० बलमा ७ चौका र १ छक्का प्रहार गरे।
करन केसीले २५, ज्ञानेन्द्र मल्लले १९, पारस खड्काले १५, कुशल मल्लले १४ तथा सुबास खकुरेलले १२ रन बनाए।
मलेसियाको लागि पभनदिप सिंह र मोहम्मद अरिफले समान ३ विकेट लिए। नजरिल रहमानले २ तथा अनवर रहमानले १ विकेट लिए ।
मलेसिया र नेपालबीच मंगलबार दोश्रो एकदिवसीय तथा बिहिबार तेश्रो एकदिवसीय खेलिनेछ।