मड्रिडमा ब्राजिली युवा स्टार जिसस

स्पेनिस महारथी क्लब रियल मड्रिडले ब्राजिली युवा स्टारलाई अनुबन्धन गरेको छ।

रियलले १७ बर्षका युवा स्टार रिनियर जिससलाई क्लबमा अनुबन्धन गरेको हो।

जिससले स्पेनिस महारथी क्लबसंग ६ बर्षको सम्झौता गरेका छन्। उनलाई २६ मिलियन पाउण्डमा अनुबन्धन गरिएकाे हो। 

रेनीअरलाई टोलीमा समेट्न युरोपका शीर्ष क्लबहरुले प्रयास गरेका थिए । बार्सिलोना, एटलेटिको म्याड्रिड, म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेनले फ्लामेंगोसँग सम्पर्क पनि गरेका थिए । तर रियलले क्लबलाई ३० मिलियन युरोको रिलिज क्लज तिर्ने बताएसँगै खेलाडीसँग पनि छलफल गरेको थियो ।

'विश्व खेलमा एक उदीयमान तारालाई कल्बले स्वागत गर्दछ। उनको जिवनको नयाँ चरण सफल होस भनेर हामी यहि कामना गर्दछौ।'मड्रिडले भनेको छ।

रियलले रेनीअरलाई अनुबन्ध गरेलगत्तै सिनियर टोलीमा भने नलग्ने भएको छ। उनले रियलको दोस्रो टोली कास्टिलामा रहेर खेल्नेछन् । यसअघि भिनिसियस जुनियर र रोड्रीगोले पनि सोहि अनुसार सिनियर टोलीको यात्रा तय गरेका थिए। कास्टिलामा रियलका पूर्वकप्तान राउल मुख्य प्रशिक्षक रहेका छन्।

उनले गत बर्षमात्र सिनियर स्तरको प्रतियोगितामा फ्लामेन्गोबाट डेब्यु गरेका थिए। उनी हाल ब्राजिलको यू-२३ टोलीसँग रहेर ओलम्पिक छनोटमा व्यस्त छन् । उनी उक्त प्रतियोगिता सकेपछि रियलको कास्टिला टोलीमा रहनेछन्।

क्लबले गत सिजन घरेलु लिग उपाधि जित्दा उनी टिमका महत्वपुर्ण सदस्य थिए।

जिसस सन् २०१८ मा दुबईमा भएको यू–१६ विश्वकपका सर्वाधिक गोलकर्ता थिए। जहाँ क्लबले फाईनलमा मड्रिडलाई पराजित गरेको थियो।

उनले कोपा लिबर्टाडोरेस र कतारमा क्लब विश्वकप समेत खेलेका थिए।

 

प्रकाशित मिति: : 2020-01-21 19:22:40

प्रतिकृया दिनुहोस्