इंग्लिस प्रिमियर लिग पुटबलमा चेल्सी र आर्सनल बराबरीमा राेकिएका छन्।
मंगलबार राति भएको खेलमा चेल्सी र आर्सनल २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। चेल्सीका लागि जोर्गिन्हो र सिजर एजिपिलिकुएटाले एक एक गोल गरे। यता आर्सनलको लागि ग्याब्रियल मार्टिनेली र हेक्टर बेलरिनले एक एक गोल फर्काए।
निकै रोमाञ्चित बनेको खेलको २६ औं मिनेटमा डेबिड लुईस रातो कार्ड खादै मैदान बाहिरिएपछि आर्सनल १० खेलाडीमा सिमित बनेको थियो।
२८ औं मिनेटमा जोर्गिन्होको पेनाल्टी गोलबाट चेल्सीलाई अग्रता दिलाए। ग्याब्रियल मार्टिनेलीको गोलमार्फत आर्सनल खेलमा फर्कियो। उनले ६३ औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काएका थिए।
खेल सकिन ८ मिनेट अगाडी चेल्सीका कप्तान एजिपिलिकुएटाले गोल गर्दै पुनः अग्रता दिलाए। तर त्यो अग्रता धेरै बेर टिक्न सकेन। इन्जुरी समयमा बेलरिनले डिबक्स बाहिरबाट गोल गर्दै आर्सनललाई हारबाट जोगाए।
बराबरीसँगै चेल्सी ४० अंकसहित तालिकाको चौथो स्थानमा यथवात छ। आर्सनल ३० अंक सहित दशौं स्थानमा छ।