आठौं चरणको खेलहरु आजदेखि शुरु हुँदै, पहिलाे खेलमा मछिन्द्र र पुलिस भिड्दै

शहीद स्मारक ए डिभिजन लिगमा बुधबारदेखि आठौं चरणको खेलहरु शुरु हुँदैछ। आठौं चरणको पहिलो खेलमा बुधबार उपाधी दाबेदार मानिएको मछिन्द्र क्लव र विभागीय टोली नेपाल पुसिलबीच प्रतिस्पर्धा हुँदैछ।

दिउँसो ३बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा दुवै टोली जीतको लक्ष्यसहित मैदान उत्रने छन्।

पुलिसविरुद्ध जित हात पार्दै मछिन्द्रलाई शीर्ष स्थानमा उक्लने मौका रहेको छ । यस्तै मछिन्द्रलाई हराउँदै पुलिस दोस्रो स्थानमा उक्लिन चाहन्छ ।

जारी प्रतियोगतामा ७ खेल खेलेको मछिन्द्रको १३ अंक छ । गत सिजन लिगमा गरेको खराब प्रदर्शनका कारण एक अंक ऋण बोकेर मछिन्द्रले लिगको सुरुवात गरेको थियो । ४ जित २ बराबर र १ हारको नतिजा सहित तेस्रो स्थानमा छ ।

लिगमा ७ खेल खेलेको पुलिसको ११ अंक छ । पुलिस ३ जीत, २ बराबरी र २ हारको नतिजा सहित तालिकाको छैटौ स्थानमा छ ।

प्रकाशित मिति: : 2020-01-22 20:42:29

प्रतिकृया दिनुहोस्