नारी अङ्गकै स्वरुपमा बनेको वक्राह रंगशाला, जहाँ हुनेछ विश्वकप फुटबल उद्घाटन

नमीन ढकाल

काठमाडौँ
फाइल तस्बिर

के तपाईंले नारीको जननेन्द्रीय (योनी) जस्तो आकारको रंगशाला देख्नुभएको छ? छैन भने नेपालीहरुको बैदेशिक रोजगारको प्रमुख गन्तव्य कतारमा देख्‍न पाइन्छ। सन २०२२ को विश्वकपलाई लक्षित गरेर कतारमा योनी जस्तो आकारको अल वक्राह रंगशाला निर्माण गरिएको छ। विश्वकप आयोजना सुरु भएको ९२ वर्षपछि पहिलो पटक खाडीमा प्रतियोगिता हुने भएपछि सबैलाई आर्कषित गर्न कतारले नयाँ स्वरुपको रंगशाला निर्माण गरेको हो ।

अल वक्राह नाम दिइएको रंगशाला झट्ट हेर्दा योनी झैं देखिन्छ। विश्वकप आयोजना हुनुभन्दा ३ वर्ष अघि नै अर्थात १६ मे २०१९ मा यो रंगशाला अनावरण गरिएको थियो। यो रंगशालामा उदघाटन देखि क्वाटरफाइनलसम्मको खेल आयोजना गरिनेछ। कतारको तापक्रमलाई ध्यानमा राखेर रंगशालामा ४० हजार दर्शकका लागि एयर कन्डिसनरको प्रयोग गरिएको छ। रंगशालाको डिजाइन स्व वृटिस–इराकी आर्किटेक्टर डेम जहाँ हदिदले गरेकी थिइन्।
 

प्रकाशित मिति: : 2020-01-23 01:53:02

प्रतिकृया दिनुहोस्