एसी मिलानले इटालियन सिरी ए फुटबलमा साँघुरो जित निकालेको छ।
शनिबार राति भएको खेलमा घरेलु टोली ब्रेसियामाथि मिलानले १–० गोल अन्तरको जित निकालेको हो।मिलानलाई जित दिलाउन आन्टे रेबिकले निर्णायक गोल गरे।
उनले खेलको ७१ औं मिनेटमा गोल गरेका थिए।
जितसँगै मिलान लिगको छैटौं स्थानमा उक्लिएको छ। मिलानले २१ खेलमा ३१ अंक जोडेको छ। पराजित ब्रेसिया १५ अंक जोडेर रेलिगेसनमा रहेको छ।