शहीद स्मारक ए डिभिजन लिगको आठौं चरणको अन्तिम खेलमा संकटा क्लबले साँघुरो जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा संकटाले फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो।
संकटाको जितमा जित दिलाउन अजयी मार्टिन्सले निर्णायक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा संकटाले गोल गरेको थियो। ६४ औं मिनेटमा सुवास गुरुङको कर्नरमा अनमार्क रहेका मार्टिन्सले हेड गोल गरेका थिए।
जितसँगै संकटाले ८ खेलमा १२ अंक जोडेको छ। फ्रेन्ड्सले ८ खेलमा ८ अंक जोडेको छ।