टोटेनह्याम एफ ए कप फुटबलको चौथो चरणमा बराबरीमा रोकिएको छ।
शनिबार राति भएको खेलमा साउथह्याम्टनसँग टोटेनह्याम १–१ गोलको बराबरी रोकिएको हो।
सन ह्युङ मिनले ५८ औं मिनेटमा गोल गर्दै टोटेनह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए।
खेल सकिन तीन मिनेट अगाडी सोफियान बोफालले साउथह्याम्टनलाई बराबरीमा ल्याए।
बराबरीको नतिजासँगै टोटेनह्याम र साउथह्याम्टन पुनः सेन्ट मेरी स्टेडियममा भिड्नेछन्।