फुटबलमा कीर्तिमान कायम गर्दै वार्यनका रोबर्ट लेवान्डोस्की

रोबर्ट लेवान्डोस्कीले लगातार गोल गर्ने क्रम जारी राखेका छन्। उनी लिगका सुरुका १९ खेलमा २१ गोल गर्ने सन् १९७२–७३ को सिजन यताका पहिलो खेलाडी हुन्। सो सिजनमा गेर्ड मुलरले यो कीर्तिमान बनाएका थिए। 

जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा वार्यन म्युनिखले एफसी शाल्केलाई ५–० ले पराजित गर्ने क्रममा लेवान्डोस्कीले एक गोल गरे।

घरेलु मैदानमा भएको खेलमा लेवान्डोस्कीले छैटौँ मिनेटमा गोल गर्दै वार्यनलाई सुरुवाती अग्रता दिलाए। उनले बुण्डेसलिगामा यो सिजन अहिलेसम्म २१ गोल गरिसकेका छन्।

वार्यनका लागि पहिलो हाफको इन्जुरी समयमा थोमस मुलरले गोल गर्दै अग्रता दोब्बर पारे। 

५०औं मिनेटमा लियोन गोरेट्ज्काले गोल गरेपछि बायर्न खेलमा ३–० ले अघि बढ्यो। ५८औं मिनेटमा थियागो अलकान्तारले गोल गर्दै बायर्नलाई ४–० को अग्रता दिलाए। ८९औं मिनेटमा सर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई ५–० को सानदार जित दिलाए। 

जितपछि दोस्रो स्थानको वार्यन म्युनिखको १९ खेलबाट ३९ अंक भएको छ। र, बार्यन ले शीर्षस्थानको आरबी लेइपजिगसँगको अंक दुरी १ मा झारेको छ।समान खेलबाटै आरबी लेइपजिगको ४० अंक छ। साल्को ३३ अंक जोडेर पाँचौ तथा फ्रन्कफर्ट २४ अंक जोडेर नवौं स्थानमा छ।
 

प्रकाशित मिति: : 2020-01-26 21:22:34

प्रतिकृया दिनुहोस्