सुन प्रतितोला ५ सय रुपैयाँले बढ्याे

साताको दोस्रो दिन सोमबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ।

छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला ७६ हजार रुपैयाँ कायम भएको छ। आइतबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै, तेजाबी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। यता चाँदीको मूल्य प्रतितोला ८ सय ९० रुपैयाँ कायम भएको छ।
 

प्रकाशित मिति: : 2020-01-28 02:11:07

प्रतिकृया दिनुहोस्