आर्सनल एफए कपको पाँचौँ चरणमा प्रवेश गरेको छ।
सोमबार राति भएको खेलमा आर्सनलले एएफसी बर्नमाउथलाई २–१ गोल अन्तरले हराउँदै पाँचौँ चरणमा प्रवेश गरेको हो।
आर्सनलको जितमा बुकायो साका र इडी एनकेतिहाले एक–एक गोल गरे। यता बर्नमाउथका लागि साम सुरिजले एक गोल फर्काए।
पाँचौँ मिनेटमा साकाले मार्टिनेलीको पासमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। २६औँ मिनेटमा एनकेतिहाले गोल गरेपछि आर्सनलले पहिलो हाफअघि दुई गोलको अग्रता लियो।
इन्ज्युरी समयको चौथो मिनेटमा बर्नमाउथका सुरिजले गोल गर्दै आर्सनलको अग्रता २–१ मा छोट्याए।
बाँकी समयमा थप गोल हुन नसक्दा आर्सनलले अन्तिम १६ को यात्रा पक्का गरेको हो।
आर्सलनलले प्रिक्वार्टर फाइनलमा तेस्रो डिभिजनको पोटर्समाउथसँग प्रतिस्पर्धा गर्नेछ।