सेनाको जागिर छोडेर 'कमेडी'मा पहिचान बनाउँदै प्रदीप

जागिरको तलबभन्दा दर्शकको तालीमा सन्तुष्टि

तस्बिर : थाहा खबर

सरकारी जागिर पाएसम्म निजी क्षेत्रको जागिर गर्ने वा अन्य पेसा अँगाल्ने कमै हुन्छन्। तर, गण्डकी प्रदेशका एक सफल हास्य कलाकार प्रदीप गाउँले त्यस्ता व्यक्ति हुन जसले साढे ३ वर्षसम्म नेपाली सेनामा रहेर काम गरेपछि कलाकार बन्नकै लागि सेनाको जागिर त्यागे। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-५, आरुचौरमा जन्मिएका गाउँलेले गण्डकी प्रदेशका बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, गोरखा, पर्वत, कास्की लगायतका जिल्लाहरूमा हुने धेरै मेला, महोत्सवदेखि साना कार्यक्रमहरूमा पनि ठाउँ पाएका छन्।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि कलाकार र पत्रकारहरूको जस्तै आवाज र लवज निकाल्न सिपालु मानिने प्रदीपले स्टेजहरू राम्रै पाएका छन्। २०७२ सालमा नेपाली सेनाको सिपाहीमा भर्ती भएका उनलाई जागिरभन्दा कलाकारिता नै प्यारो लाग्यो। यही कारण साढे २ वर्षसम्म नेपाली सेनामा काम गरेपछि उनले जागिरबाट राजीनामा गरेर स्टेजको खोजीमा हिँड्न थाले।
 

प्रकाशित मिति: : 2020-01-30 06:04:38

प्रतिकृया दिनुहोस्