बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
नाउ क्याम्पमा बिहिबार भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ५–० गोल अन्तरले हराएको हो।बार्सिलोनाको जितमा कप्तान लिओनल मेसीले दुई गोल गरे। यता एन्टोनी ग्रिजम्यान, अर्थर र क्लेमेन्ट लेन्गलेटले एक एक गोल गरे।
खेलको चौथो मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। लेन्गलेटले २८ औं मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर बनाए।
मेसीले ५९ औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरे। अर्थरले ७७ औं मिनेटमा बार्सिलोनालाई ४–० ले अघि बढाए। खेल सकिन एक मिनेट बाँकी छदाँ मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै क्लबलाई फराकिलो जित दिलाए।