‘इन्स्टाग्राम’मा धेरै फलोअर्स हुने व्यक्तिको पहिलो नम्बरमा रोनाल्डाे, मेसी र नेयमारकाे स्थान कहाँ ?

पोर्चुगल तथा सिरी ए क्लब युभेन्टसका स्टार फर्वार्ड क्रिस्टयानो रोनाल्डो सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’मा सबैभन्दा धेरै फलोअर्स हुने व्यक्तिको पहिलो नम्बरमा परेका छन्।

रोनाल्डोको ‘इन्स्टाग्राम’मा २ सय मिलियन अर्थात् २० करोड फलोअर्स छ। यस्तै उनीपछि ‘इन्स्टाग्राम’मा धेरै फलोअर्स हुने व्यक्तिको दोस्रो नम्बरमा अङ्ग्रेजी गायिका अरिआना ग्रान्ड छिन्, उनको ‘इन्स्टाग्राम’मा कुल १ सय ७३ मिलियन फलोअर्स रहेका छन्।

यो सूचीमा कुल १ सय ७० मिलियन फलोअर्स रहेका रेस्लर तथा फिल्म निर्माता रक जोन्सन तेस्रो नम्बरमा रहेका छन्। अर्का चर्चित खेलाडी बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लिओनल मेसी १ सय ४१ मिलियन फलोअर्ससहित ८औँ स्थानमा छन्।

यता पीएसजी तथा ब्राजिलियन खेलाडी नेयमार १ सय ३२ मिलियन फलोअर्ससहित १०औँ स्थानमा रहेका छन्।

कसको कमाई कति?

‘इन्स्टाग्राम’का अनुसार रोनाल्डोले वर्षमा ४७ मिलियन डलर कमाइ गर्छन्। उनले फुटबलबाट ३४ मिलियन डलर कमाइ गर्छन्।

‘इन्स्टाग्राम’बाट सर्वाधिक कमाइ गर्ने खेलाडीको दोस्रो नम्बरमा मेस्सी रहेका छन्। उनले वर्षमा ‘इन्स्टाग्राम’बाट २३ मिलियन डलर कमाइ गर्ने ‘इन्स्टाग्राम’ले उल्लेख गरेको छ।
 

प्रकाशित मिति: : 2020-01-31 21:10:35

प्रतिकृया दिनुहोस्