इंग्लिस प्रिमियर लिग फुटबल शीर्ष स्थानको लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेको छ।
घरेलु मैदानमा एन्ड फिल्डमा शनिबार भएको खेलमा साउथह्याम्पटनलाई ४–० गोल अन्तरले हराउँदै २० औं जित निकालेको हो।
लिभरपुलको जितमा मोहमद सलाहले दुई गोल गरे। यता एलेक्स च्याम्बरलिन र जोर्डन हेन्डरसनले एक एक गोल गरे।
पहिलो हाफ गोल रहित सकिएको खेलमा सबै गोल दोस्रो हाफमा भएको हो।
खेलको ४७ औं मिनेटमा च्याम्बरलिनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए।
६० औं मिनेटमा हेन्डरसनले गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको ७२ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ३–० को अग्रता दिलाए ।
यस्तै खेलको इन्जुरी समयमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४–० को जित दिलाए।
जितसँगै लिभरपुलले २४ खेलमा ७४ अंक जोडेको छ। लिभरपुल लिगमा अपराजित एक्लो टिम हो। लिगकाे दाेस्राे स्थानमा रहेकाे म्यान्चेस्टर सिटीसँग २२ अंककाे अग्रता बनाएकाे लिभरपुल उपाधि नजिक पुगेकाे छ।
यता, साउथह्याम्पटन लिगको नवौं स्थानमा रहेको छ। साउथह्याम्पटनले २४ खेलमा ३१ अंक जोडेको छ।