शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत दोस्रो खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन्।
यी दुईबीचको खेल आइतबार दिउँसो ३ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा सुरु हुनेछ। आर्मी अहिले २० अङ्कसहित दोस्रो स्थानमा छ।
आइतबारको खेलमा जित हात पारेमा आर्मी शीर्ष स्थानको मछिन्द्रलाई एक अङ्कले पछि पार्दै शीर्ष स्थानमा फर्कनेछ।
९ खेल सकिँदा आर्मीले ६ जित, दुई बराबरी र एक हारको नतिजा निकालेको छ। नेपाल पुलिस क्लब भने १४ अङ्कसहित छैटौँ स्थानमा छ।
पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सङ्कटा क्लब प्रतिस्पर्धा गर्दैछन्। शेर्पाले ९ खेल खेल्दा एक जित, चार बराबरी र चार हारका साथ सात अङ्क बनाएको छ।
शेर्पा रेलिगेशन जोनभन्दा दुई अङ्कमात्र माथि छ। उपविजेता सङ्कटाले ९ खेलमा तीन जित, तीन बराबरी र तीन हारको नतिजा निकालेको छ। १२ अङ्कसहित सङ्कटा आठौँ स्थानमा छ।