रोनाल्डोकाे दुई पेनाल्टी गाेलमा युभेन्ट्सकाे सहज जित

साविक विजेता युभेन्ट्सले इटालियन सिरी ए फुटबलमा सहज जित निकालेको छ।

घरेलु मैदानमा आइतबार भएको खेलमा युभेन्ट्सले फियोरेन्टिनालाई ३–० गोल अन्तरले पराजित गरेको हो।

युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे। यता म्याथिस डी लिग्टले थप एक गोल गरे।

खेलको ४० औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए। ८० औं मिनेटमा रोनाल्डोले पुनः पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए।

त्यसपछि खेलको ९० औं मिनेटमा डी लिग्टले गोल गर्दै युभेन्ट्सलाई ३–० को जित दिलाए।

जितसँगै २२ खेलमा ५४ अंक जोडेको युभेन्ट्सले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ।

दोस्रो स्थानको इन्टर मिलानको ४८ अंक रहेको छ। २५ अंक जोडेको फियोरेन्टिना १४ औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-02-03 09:40:06

प्रतिकृया दिनुहोस्