नेपाली महिला फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारीले चर्चित इङलिस क्लब आर्सनलका स्टार मिडफिल्डर मेसुत ओजिलको जर्सी पाएकी छिन्।
हिरो इन्डियन वुमन्स लिगमा गोकुलम केरला एफसीका लागि खेलिरहेकी सावित्राले ओजिलका एजेन्ट इकुट सोगुटबाट जर्सी प्राप्त गरेकी हुन्।
ओजिल, इल्काय गुन्डोगन, विश्वकप विजेता प्रशिक्षक जोचिम लौ, रोबर्ट पिरेज जस्ता फुटबलका हस्तीहरुको एजेन्ट बनिसकेका सोगुट इण्डियन वुमन लिग हेर्न बैंगलोर पुटबल स्टेडियम पुगेका थिए।
सोही खेलमा गोकुलमका लागि उत्कृष्ट प्रदर्शन गरेकी सावित्रालाई सोगुटले ओजिलको जर्सी हस्तान्तरण गर्दै सम्मानित गरेका हुन्।
गोकुलम लिगको सेमिफाइनलमा प्रवेश गरिसकेको छ। जारी प्रतियोगितामा सावित्राले १५ गोल गरिसकेकी छिन्।