भारतमा सावित्राको उत्कृष्ट खेल प्रदर्शन

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल प्रदर्शन गरेकी छन्। 

चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्ने सिलसिलामा भारतमा रहेकी सावित्राले हालसम्म चार खेलमा १२ गोल गरिसकेकी छन्। जारी लिगमा उन हालसम्म सर्वाधिक गोलकर्ता बनाएकी छन्।

सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध उनी उक्त लिग खेल्न माघ ७ गते भारत गएकी थिइन्। दोस्रो पटक सो लिग खेलिरहेकी सावित्रा यसपटक गोकुलम क्लबमा आबद्ध छन्। गत वर्ष उनले सेथु एफसीबाट खेलेकी थिइन्।

सेथु गत संस्करणको च्याम्पियन पनि हो। सावित्राले गत वर्ष उक्त लिगमा १५ गोल गरेकी थिइन्। उक्त लिगमा भारतका १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। 

प्रकाशित मिति: : 2020-02-08 05:07:01

प्रतिकृया दिनुहोस्