प्रशिक्षक मोरिन्होले फरक व्यवहार गरेको डिफेन्डर रोजको आरोप

टोटनह्यामका डिफेन्डर ड्यानी रोजले प्रशिक्षक जोसे मोरिन्होले आफूमाथि फरक व्यवहार गरेको आरोप लगाएका छन्। न्युक्यासलबाट लोनमा टोटनह्याम आएका रोजले प्रशिक्षकमाथि आफूलाई अवसर नदिएको आरोप लगाएका हुन्।

२९ वर्षका रोजले प्रशिक्षक मोरिन्हाले अरु डिफेन्डरलाई जस्तै आफूलाई अवसर नदिएको र त्यसले गर्दा आफ्नो क्षमता प्रमाणित गर्न नपाएको भनाई छ।

बिबिसीसँगको कुराकानीमा रोजले भनेका छन्, ‘डिफेन्सका अरु खेलाडीलाई जस्तो मलाई समान अवसर दिइएको छैन भन्ने महसुस भएको छ। मोरिन्हो प्रशिक्षक बनेको महिना दिनभित्रै मैले खेल्न पाउने छैन भन्ने थाहा पाएको थिएँ।’

टोटनह्यामबाट यो सिजनको सुरुमा १६ खेलमा खेल्ने मौका पाएका थिए, तर माउरिसिओ पोकेटिनो बर्खास्त भइ मोरिन्हो प्रशिक्षकका रुपमा आएपछि भने मात्रै पाँच खेलमा उनले मौका पाएका छन्।

नोभेम्बर २० मा मोरिन्हो टोटनह्यामको प्रशिक्षकमा नियुक्त भएका थिए।


 

प्रकाशित मिति: : 2020-02-08 21:07:21

प्रतिकृया दिनुहोस्