मेसी बार्सिलाेनामै बस्नेछन् !

स्पेनिस क्लब बार्सिलोनाका स्टार लियोनल मेसीले करियरको अधिकांश समय बार्सिलोनामै बिताएका छन। ३२ बर्षीय मेसीलाई समर ट्रान्सफरमा क्लब छाड्ने अनुमती छ। 

६ पटक बालेन डी ओर र १० लिग उपाधिसँगै चार च्याम्पिन्स लिगको उपाधि समेत उचालेका मेसीको क्लबसँगको सम्झौता सन् २०२१ सम्म मात्र रहेको छ।

मेसी विभिन्न क्लबमा जाने हल्ला छ। हाल लिभरपुल,म्यान्चेस्टर सिटी र म्यानचेस्टर युनाइटेडजस्ता क्लबले मेसीलाई भित्र्याउने प्रयास गरेको हल्ला छ।

बार्सिलोनामा १६ वर्ष बिताएका मेसीले इङ्लिस क्लब लिभरपुल जाने इच्छा व्यक्त गरेका छन्। लिभरपुलले मात्रै आफूलाई बार्सिलोनाबाट अलग गर्नसक्ने बताएका छन्। तर उनले क्लब छाड्ने कुनै चाहना भने ब्यक्त गरेका छैनन्।

मेसीलाई प्रियिमर लिग क्लब जोड्ने सुझावलाई अस्विकार गर्दै म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले मेसीले बार्सिलोनाबाटै फुटबल करियर अन्त्य गर्ने आफुले विश्वास लिएको बताएका छन।

 ग्वार्डिओलालेले भने ‘मेसी त्यही बस्नेछन्। मेरो पनि कामना त्यही छ।’

सन् २००८ देखि २०१२ सम्म मुख्य प्रशिक्षकको रुपमा बिताएका ग्वार्डिओलाले बार्सिलोनाको सर्वाधिक सफल प्रशिक्षकको रुपमा चिनिन्छन। उनले चार सिजनमा बार्सिलोनाबाट १४ उपाधि जिताएका थिए। जस्मा तीन ला लिगा र दुई च्याम्पियन्स लिगको उपाधि समेत समावेश छन।

ग्वार्डिओलाले जर्मनमा समेत लगातार तीन लिग उपाधि जिताएका थिए। पछिल्ला दुई सिजन सिटीबाट प्रिमियर लिगको उपाधि जिताएका उनले चालू सिजनमा भने अपेक्षाकृत परिणाम दिलाउन सकेका छैनन।

लिगमा लिभरपुलले २४ खेलमा ७४ अंक जोडेको छ। लिभरपुल लिगमा अपराजित एक्लो टिम हो। लिगको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीसँग २२ अंकको अग्रता बनाएको लिभरपुल उपाधि नजिक पुगेको छ। 
 

प्रकाशित मिति: : 2020-02-09 10:22:34

प्रतिकृया दिनुहोस्