लिग वान: पीएसजीले लियोनलाई हरायाे

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा लियोनलाई पराजित गरेको छ। 

आइतबार राति भएको खेलमा लियोनलाई ४–२ गोल अन्तरले पीएसजीले हराएको हो।

पीएसजीको जितमा एन्जल डी मारिया, केलियन एम्बाप्पे र ईडिन्सन काभानीले समान एक एक गोल गरे। फर्नान्डो मार्कलको एक आत्मघाति गोल पीएसजीले उपहार पाएको थियो। लियोनका मार्टिन टेरियर र मौसा डेम्बेलेले समान एक–एक गोल फर्काएका थिए।

२२औं मिनेटमा डी मारियाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। ३८औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए।

पहिलो हाफमा दुई गोलको अग्रता लिएको पीएसजीले दोस्रो हाफको दोस्रो मिनेटमा एउटा गोल उपहार पायो।

फर्नाण्डो मार्ससलले आफ्नै पोस्टमा गोल गरेपछि पीएसजीले ३–० को अग्रता लियो।

५२औं मिनेटमा मार्टिन टेरियरले र ५९औं मिनेटमा मउसा डेम्बेलेले लियोनका लागि गोल गर्दै पीएसजीको अग्रता ३–२ मा झारे।

तर, इडिन्सन कभानीले ७९औं मिनेटमा गोल गरेपछि पीएसजी ४–२ ले विजयी भयो।

जितसँगै पीएसजीले लिगमा १२ अंकको अग्रता लिएको छ।

पीएसजीले २४ खेलबाट ६१ अंक जोडेको छ। लियोन ३३ अंक सहित तालिकाको नवौं स्थानमा छ।

प्रकाशित मिति: : 2020-02-10 19:59:56

प्रतिकृया दिनुहोस्