एसिड पिडित मुस्कान खातुन सम्मानित


दोस्रो राष्ट्रिय बेटी सम्मेलनमा वीरगन्जकी एसिड पिडित मुस्कान खातुन सम्मानित भएकी छिन्।

मुलधार महिला सेवा केन्द्र उदयपुरले सोमबार जनकपुरमा आयोजना गरेको कार्यक्रममा १४ बर्षिय खातुनलाई सम्मानित गरिएको हो। 

उनीसँगै समुदायमा विकृतिका बन्धन तोड्दै अगाडि बढि रहेका अन्य महिलाहरुलाई पनि प्रदेश २का मुख्यमन्त्रि लालबाबु राउते सम्मानित गरेका छन्। 

कार्यक्रममा मुख्यमन्त्री राउतले समाजमा पछाडी परेका महिलाहरुलाई समाजिक रुपान्तरण गरी मुल धारमा ल्याउन सबैले आ –आफनो तहबाट सहयोग गर्नु पर्ने बताए।

उनले महिलाहरुको सशक्तिकरणको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउदै प्रदेश सरकारले ल्याएका योजनाहरुबाट केही वर्ष भित्रै प्रदेशका महिलाहरु सशक्त रुपमा अगाडी आउने दावी समेत गरे। 
 

प्रकाशित मिति: : 2020-02-11 20:41:42

प्रतिकृया दिनुहोस्