एक खेलका लागि विमल मछिन्द्रमा आबद्व

राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तिमगर मछिन्द्र क्लबमा आबद्व भएका छन्।

ए डिभिजन लिगको अन्तिम चरणको खेल अगाडी मछिन्द्र क्लबले राष्ट्रिय फुटबल टिमका फरवार्ड विमललाई क्लबमा आबद्व गरेको हो। करिब तीन महिनाको निलम्बनबाट फुकुवा हुने संघारमा रहेको विमललाई मछिन्द्रले अनुबन्धन गरेको हो।

राष्ट्रिय टिमबाट विश्वकप छनोटको खेल खेल्न भुटान उड्नु अघिल्लो रात नाईट क्लबमा भेटिएपछि विमल उनलाई एन्फाले कारबाही गरेको थियो।

विमल ९० दिनको प्रतिबन्धको कारबाही भोगेर फुटबलमा फर्किन लागेको हुन्।  विमलमाथिको प्रतिबन्ध माघ ३० गते भोली बिहिबार सकिदैछ।

विमलले माल्दिभ्सको टीसी स्पोर्ट्स क्लबबाट ब्यवसायीक लिग खेल्दै आएका थिए। कारबाहीमा परेपछि उनी नेपालमै थिए।

मुख्य फरवार्ड अभिषेक रिजाल माल्दिभ्सको लिग खेल्न हिडेपछि मछिन्द्रले उनलाई  आवद्द गरेको हो। सम्झौतासँगै विमलले लिगको अन्तिम खेल मछिन्द्रको जर्सीमा उत्रनेछन्।

मछिन्द्रले फागुन ३ गते लिगको अन्तिम खेल खेल्दैछ। सोही खेलले यस बर्षको शहीद स्मारक ए डिभिजन लिग विजेता टोलीको टुङ्गो लगाउनेछ। आर्मी २९ अंक जोडेर लिगको शीर्ष स्थानमा छ। मछिन्द्र २८ अंक सहित दोस्रो स्थानमा छ।

प्रकाशित मिति: : 2020-02-13 02:25:41

प्रतिकृया दिनुहोस्