अष्ट्रेलियासँग हुने खेलका लागि प्रारम्भिक टोली घोषणा

कारवाहीमा परेका अन्जन पनि टिममा समावेश

सन् २०२२ मा हुने कतारमा फिफा विश्वकप फुटबल र सन् २०२३ मा चीनमा हुने एएफसी एसियन कपको छनोट प्रतियोगिता अन्तरगत अष्ट्रेलियासँगको हुने दोस्रो लेग खेलका लागि प्रारम्भिक टोलीको घोषणा भएको छ।

प्रशिक्षक जोहान कालिनले शहीद ए डिभिजन लिग सकिएकै दिन  बन्द प्रशिक्षणका लागि ३१ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेका हुन्।

नेपालले ३१ मार्चमा दशरथ रंगशालामा अष्ट्रेलियाविरुद्ध खेल्नेछ। अष्ट्रेलियामा भएको खेलमा नेपाल ५–०ले पराजित भएको थियो।

प्रारम्भिक टिममा किरण चेम्जोेङ, विमल घर्ती मगर, रोहित चन्द र अभिषेक रिजाल परेका छैनन् भने अन्जन बिष्ट भने फेरि टोलीमा परेका छन्। कारवाहीमा परेपछि बिमल र अन्जन साग खेल्ने टिममा परेका थिएनन्।

प्रारम्भिक टोलीमा विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने, रेजिन धिमाल, सुमन आर्याल, अमृत तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ र विकास खवास छन्।

यसैगरी अनन्त तामाङ, देवेन्द्र तमाङ, दिलेन लोक्तान, सिसेङ आङ्देम्बे, तेज तामाङ, विक्रम लामा, सुवास गुरुङ, मिक्चेन तामाङ, पुजन उपर्कोटी, अरिक बिष्ट, बीशाल राई ‘बी’ र सुजल श्रेष्ठलाई पनि क्याम्पमा बोलाइएको छ।

रवी पासवान, सुनिल बल, अन्जन बिष्ट, जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आषिश लामा र बिमल राना पनि प्रारम्भिक टोलीमा छन्।

प्रकाशित मिति: : 2020-02-16 10:43:14

प्रतिकृया दिनुहोस्