महरामाथि लागेको अभियोगकाे फैसला भोलि आउने

काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगमा सोमबार मात्र फैसला सुनाउने भएको छ।

आइतबार महराको मुद्दा न्यायाधीश अमरराज पौडेलको इजलासमा सुनुवाइ भएको थियो।

महराको पक्षमा ३७ जना बरिष्ठ अधिवक्ताले वकालत गरिरहेका छन। महराको पक्षबाट भिमार्जुन आचार्य, शेरवहादुर केसी, पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ लगायतका चर्चित अधिवक्ताले समेत बहस गरेका छन।

बहस सकेपनि समय अभावले फैसला हुन नसकेको अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । उनका अनुसार समय अभावले मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । 

यसअघि ३ पुसमा महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतले ५ मंसिरमा सदर गरेको थियो। तर, उनको मुद्दा एक महिनाभित्र किनारा लगाउन भनेको थियो।

संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ। महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो।

 


 

प्रकाशित मिति: : 2020-02-17 06:31:07

प्रतिकृया दिनुहोस्