शिवमाया कानुन मन्त्री नियुक्त हुँदै, सपथ ग्रहण साढे ३ बजे

बिएल संवाददाता

काठमाडाै‌ं

उपसभामुख पदबाट राजिनामा दिएकी शिवामाया तुम्वाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओली आज मन्त्रीको सपथ ग्रहण गराउने भएका छन्।

शिवमायाको साढे ३ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ।

उनलाई कानुन, न्याय तथा संसदिय व्यवस्था मन्त्रालयको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

तुम्वाहाङ्फेले उपसभामुख पदबाट राजिनामा दिए अग्नीप्रसाद सापकोटालाई सभामुख हुने बाटो खोलीदिएपछि प्रधानमन्त्री ओलीले उनलाई मन्त्री बनाउने वचन दिएका थिए। 

प्रकाशित मिति: : 2020-02-18 00:12:40

प्रतिकृया दिनुहोस्