वीरगन्ज महानगरपालिकामा एटिएमजस्तै सेनेटरी प्याड मेशिन जडान

वीरगन्ज महानगरपालिकाले सबै विद्यालयहरुमा निःशुल्क सेनेटरी प्याड वितरण गर्न थालेको छ। गतवर्षदेखि सुरु गरिएको अभियानलाई  महानगरपालिले निरन्तरता दिँदै विद्यालयहरुमा सेनेटरी प्याड मेशिन जडान गरेको हो। 

महानगरपालिकाले सबै माध्यमिक तथा निम्नमाध्यमिक विद्यालयहरुमा मेशिन जडान कार्यलाई तिव्रता दिएको छ। नगर प्रमुख विजयकुमार सरावगीले गतवर्ष निःशुल्क प्याड वितरण कार्यक्रममा घोषणा गरे अनुसार विद्यालयहरुमा मेशिन जडान गरिएको बताए।

रजस्वला भएकै कारण कक्षा छाड्ने समस्या हुन नदिन आवश्यकता अनुसार एटिएम जस्तै प्याड निकाल्न सक्ने ९२ वटा मेशिन जडान गरिने उनले जानकारी दिए।  

आइतबार विहान एक कार्यक्रम गरि जडान गरिने मेशिन संचालनको बारेमा प्राविधिक जानकारी गराइएको थियो। नगर प्रमुख सरावगी, उपमेयर शान्ति कार्की  र शैक्षिक महाशखाका प्रमुख अरबिन्द कर्णको विशेष उपस्थितीमा रहेको उक्त कार्यक्रममा विद्याथिहरुलाई पैड राख्ने तथा छात्राहरुलेआवश्यकता अनुसार सहज रुपमा निकाल्न सकने कार्यको बारेमा जानकारी समेत गराइएको थियो। 

 

प्रकाशित मिति: : 2020-02-18 00:55:27

प्रतिकृया दिनुहोस्