म्यानचेस्टर युनाइटेडका पूर्वगोलकिपर ह्यारी ग्रेगको निधन

बिएल संवाददाता

काठमाडाै‌ं

म्यानचेस्टर युनाइटेडका पूर्वगोलकिपर ह्यारी ग्रेगको निधन भएको छ। नर्दन आयरल्याण्डका गोलकिपर समेत रहेका ग्रेगको सोमबार ८७ वर्षको उमेरमा निधन भएको हो। कोलेरिनस्थित काउसवे अस्पतालमा उनको निधन भएको ह्यारी ग्रेग फाउन्बडेसनले जनाएको छ।

म्युनिख हवाई दुर्घटनामा बाच्न सफल ग्रेगले घाइते यात्रु र अन्य खेलाडीको उद्धार गर्दै नायकत्व काम गरेका थिए। उक्त दुर्घटनामा युनाइटेडका खेलाडीसहित २३ जनाको मृत्य भएको थियो।

ग्रेग सन् १९५७ मा सर्वाधिक महंगा गोलकिपरको रुपमा युनाइटेडमा अनुबन्धित भएका थिए। उनलाई युनाइटेडले २३ हजार ५ सय पाउण्डमा अनुबन्ध गरेको थियो।

ग्रेगले नर्दन आयरल्याण्डबाट १९५४ देखि १९६३ सम्म २५ खेल खेलेका थिए।
 

प्रकाशित मिति: : 2020-02-18 03:56:31

प्रतिकृया दिनुहोस्