मन्त्री फुयाँलले लिए शपथ

बिएल संवाददाता

काठमाडाै‌ं

बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले पद तथा गोपनीयताको शपथ लिएका छन्।

फुयाँललाई प्रदेश प्रमुख बिष्णु प्रसाईंलेले शपथ खुवाएका हुन्। मुख्यमन्त्री डोरमणि पौडेलले फुयाँललाई सोमबार मन्त्री नियुक्त गरेका थिए।

यसअघिका मन्त्री केशव स्थापित बर्खास्त भएपछि रिक्त रहेको मन्त्रालयमा मुख्यमन्त्री पौडेलले फुयाँललाई नियुक्त गरेका हुन्।

यसअघि संविधानसभा सदस्यसमेत भइसकेका फुयाँल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित भएका हुन्।

प्रकाशित मिति: : 2020-02-18 06:50:22

प्रतिकृया दिनुहोस्