रेबिकको निर्णयक गोलमा मिलान विजयी

 एसी मिलानले इटालियन सिरी ए मा टोरिनोलाई पराजित गरेको छ। मिलानले टोरिनोमाथि १–० को जित हासिल गरेको हो।

सोेमबार राति भएको खेलमा मिलानको जितमा खेलको २५औँ मिनेटमा आंटे रेबिकले गोल गरेका थिए।

त्यसपछि खेलमा कुनै गोल भएन र रेबिकले गरेको गोल नै खेलको निर्णयक भयो।

जितसँगै मिलान सिरी ए को अठौँ स्थानमा उक्लिएको छ । मिलानको २४ खेलमा ३१ अंक भएको छ।

त्यस्तै पराजित टोरिनोको भने २४ खेलमा २७ अंक रहेको छ र लिगको १४औँ स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-02-18 19:55:48

प्रतिकृया दिनुहोस्