सुनको भाउले नेपाली बजारमा नयाँ कीर्तिमान खडा गर्याे

बिएल संवाददाता

काठमाडाै‌ं

सुनको भाउले नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ।

मंगलबार ७६ हजार ७ सय रुपैयाँ तोकिएर किर्तिमान कायम गरेको सुनको भाउ बुधबार पनि ४ सय रुपैयाँले बढेर ७७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँची व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार सुनको भाउ अझै बढ्न सक्ने सम्भावना छ। चीनमा फैलिरहेको कोरोना भाइरसको असर सुनको मूल्य परेको सुनचाँदी व्यवसायीले बताएका छन्।

सुन व्यवसायीले फागुन महिनालाई सुन चाँदीको सबैभन्दा धेरै कारोबार हुने महिनाको रुपमा लिने गरेका छन्। तर यसपालि भने फागुन महिनामा पनि कारोबार नभएको भन्दै उनीहरुले गुनासो गरेका छन्।

प्रकाशित मिति: : 2020-02-20 01:16:47

प्रतिकृया दिनुहोस्