इञ्जिनियर बन्न हिंडेकी सुरक्षा यसरी बनिन् नायिका (भिडि‌ओसहित)

सम्भावनाको अर्को पाटो पनि थियो उनको जीवनमा। उनी कतै सडकको डिजाइन गरिरहेकी हुन्थिन्। नभए घरको नक्शा बनाइरहेकी हुन्थिन्।

सिभिल इञ्जिनियरिङमा स्नातक तह पूरा गरेकी सुरक्षा पन्तको हातमा यतिबेला न नक्शा बनाउने काम छ न त सडकको डिजाइन। उनी त भोलि, ९ फागुनदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘आमा’को प्रमोसनमा व्यस्त छिन्।  

पढाइले सिभिल इञ्जिनियर सुरक्षा पेशाले भने नेपाली चलचित्रकी नायिका हुन्। ‘आमा’मा उनी एक छोरीको भूमिकामा छिन्। 

प्रायः कलाकार चलचित्र क्षेत्रमा लाग्छु भनेरै शुरूदेखि लागिपरेका हुन्छन्। सुरक्षाको यात्रा भने अलि फरक छ। शुरूमा उनी आफैंले पनि चलचित्रको हिरोइन बन्ने सपना देखेकी थिइनन्।  

विद्यालय तहको पढाइमा अब्बल उनी बुटवलको न्यू होराइजन स्कुलमा पढ्दा प्रायः प्रथम हुन्थिन्। पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि उनी सधैं अगाडि नै हुन्थिन्। स्कुलमा कार्यक्रम सञ्चालन गर्नु, गेम खेल्नु, स्केच गर्नु उनका रूचिका विषय थिए। 

प्रकाशित मिति: : 2020-02-20 23:25:22

प्रतिकृया दिनुहोस्