सुअरेजकाे स्थानमा बार्सिलोनाले भित्र्यायाे मार्टिन ब्रेथवेइटे

बिएल संवाददाता

काठमाडाै‌ं

स्पेनिस क्लब बार्सिलोनाले मार्टिन ब्रेथवेइटेलाई भित्र्याएको छ।

बार्सिलोनाले मार्टिनलाई साढे चार वर्षको लागि लेगानेसबाट अनुबन्ध गरेको हो। बार्सिलजनाको यी खेलाडीको लागि १८ मिलयन युरो खर्च गरेको हो। अब उनको बाइ आउट क्लब ३०० मिलियन युरो रहेको क्लबले जनाएको छ। डेनमार्कका मार्टिन अब ३० जुन २०२४ सम्म बार्सिलोनामा रहनेछन्। 

फरवार्डद्वय लुइस सुअरेज र ओसमान डेम्बेले लामो समयको लागि घाइते भएपछि बार्सिलोनाले तत्तकालका लागि नयाँ खेलाडी अनुबन्ध गर्न मान्यता पाएको थियो।

सुअरेजले चोटका कारण यस सिजनको बाँकी खेल खेल्ने सम्भावना कम छ। यस्तै ह्यामस्ट्रिङ इन्जुरीका कारण डेम्बेले पनि ६ साताका लागि मैदान बाहिर हुनेछन्।
 

प्रकाशित मिति: : 2020-02-21 05:42:29

प्रतिकृया दिनुहोस्