पर्सिजा जकार्ता इस्ट गभर्नर्स गोल्डकपको फाइनलमा पराजित

पर्सिजा जकार्ता प्रि सिजनको प्रतियोगिता इस्ट गभर्नर्स गोल्डकपको फाइनलमा पराजित भएको छ। 

बिहिबार भएको फाइनलमा १० खेलाडीमा सिमित पर्सिजा पर्सेबयासँग ४(१ गोल अन्तरले पराजित भएको हो।

पर्सेबयाको जितमा पर्सेबया, मकन कोनाटे, रिकी काम्बुया र महमुद इदले एक एक गोल गरे। पर्सिजाको मार्को सिमिकले एक गोल फर्काए।

खेलको तेस्रो मिनेटमा नै पर्सेबयाले ओक्टेभियन फर्नान्डोको गोलमा अग्रता लिएको थियो। ३० औं मिनेटमा रयोजी उतोमोले डेबिड सिल्भालाई फल हानेपछि रेफ्रीले सिधै रातो कार्ड दिँदा पर्सिजा १० खेलाडीमा समेटियो।

४२ औं मिनेटमा मारको सिमिचले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफमा १–१ को बराबरीमा रोकियाे।

५२ औं मिनेटमा मकन कोनाटेले गोल गर्दै अग्रता पुनः लियो। त्यसको ४ मिनेटमा नै रिकी काम्बुयाले पर्सेबयाको अग्रता दोब्बर पारे।

महमुद इदले ८० औं मिनेटमा गोल गर्दै पर्सेबयाको उपाधि पक्का गरे।
 

प्रकाशित मिति: : 2020-02-21 10:47:43

प्रतिकृया दिनुहोस्