युरोपा लिग : आर्सनलसँग ओलम्पिकाओस पराजित

 युरोपा लिग अन्तर्गत अन्तिम ३२ को पहिलो लेगको खेलमा आर्सनलले जित हासिल गरेको छ।

बिहिबार राति भएको खेलमा आर्सनलले ग्रिसको ओलम्पिकाओसलाई पराजित गरेको हो।

ओलम्पिकाओसको घरेलु मैदानमा आर्सनलललाई जित दिलाउन अलेक्जान्ड्रा लाकाजेटले विजयी गोल गरे।

बराबरीतर्फ उन्मुख खेलमा बुकायो साकाको क्रसमा ८१ औ मिनेटमा फ्रान्सेली खेलाडी लाकाजेटले निर्णायक गोल गरेका हुन्।

दोस्रो लेगको खेल आर्सनलको घरेलु मैदान ईमिरेट्स स्टेडियममा हुनेछ।

प्रकाशित मिति: : 2020-02-21 20:13:46

प्रतिकृया दिनुहोस्