सुनको मूल्यले ७८ हजार नाघ्यो

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। शुक्रबारका लागि छापावल सुनको प्रतितोला मूल्य ७८ हजार १ सय र तेजावी सुनको मूल्य ७७ हजार ८ सय रुपैयाँ  रहेको छ।

यस्तै नेपाल सुन चाँदी व्यवसायी माहासंघले चाँदीको प्रतितोला मूल्य ९ सय १५ रुपैयाँ तोकेको छ।

बिहीबारको तुलनामा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थीर छ।

फागुन ६ गते देखि दैनिक बढ्न थालेको सुनको मूल्यले हरेक दिन उच्च मूल्यको रेकर्ड राखेको महासंघले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-02-22 00:29:14

प्रतिकृया दिनुहोस्