खप्तड गोल्डकप: एनआरटीलाई पराजित गर्दै एपीएफ क्वार्टर फाइनलमा

एपीएफ क्लब खप्तड गोल्डकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

न्यूरोड टिम एनआरटीलाई २–१ गोलअन्तरले पराजित गर्दै एपिएफ अन्तिम आठमा पुगेको हो।  एपिएफलाई जित दिलाउन रमेश दङ्गाल र विकु तामाङले एक एक गोल गरे। एनआरटीको लागि दर्शन गुरुङले एक गोल गर्न सके। खेलको ३९औँ मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए। 

कप्तान प्रकाश बुढाथोकीले मिलाएको पासलाई दर्शनले डिबक्स भित्रबाट पहिलो बारमा सुन्दर गोल गरेका थिए। दोस्रो हाफमा भने एपिएफ खेलमा फर्कियो। खेलको ६१औँ मिनेटमा रमेशले गोल गर्दै एपिएफलाई १–१ गोलको बराबरीमा पु¥याए। 

सुदीप शिख्राकारको कर्नरमा अनमार्क रहेका डिफेन्डर रमेशले हेड गोल गरे। त्यसपछि खेलको ६७औँ मिनेटमा वैकल्पिक खेलाडी विकुले गोल गर्दै एपिएफलाई २–१ को जित दिलाए। 

कप्तान टोपबहादुर विष्टले प्रहार गरेको रिवाउण्ड बलमा विकुले गोल गरेका थिए। खेलको ‘म्यान अफ दि म्याच‘ एपिएफ रमेश दङ्गाल घोषित भई पुरस्कृत भए। अब एपिएफले सेमिफाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ।  

प्रकाशित मिति: : 2020-02-23 11:06:53

प्रतिकृया दिनुहोस्