लिग लिडर युभेन्ट्सले इटालियन क्लब सिरी ए मा एसपीएललाई पराजित गरेको छ।
शनिबार भएको खेलमा युभेन्टसले एसपीएललाई २–१ गोल अन्तरले हराएको हो। युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डो र आरोन राम्सेले एक एक गोल गरे। यता एसपीएलका लागि एक गोल आन्द्रिया पेटेर्गियाले एक गोल फर्काए।
खेलको ३९ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए। रोनाल्डोले यो खेलबाट १ हजार खेलको कोशेढुङ्गा समेत पार गरे। रोनाल्डोले १ हजार खेल खेल्दा क्लबबाट ८ सय ३६ खेल खेलेका छन् भने राष्ट्रको लागि १ सय ६४ खेल खेलेका छन्। जसमा उनले ७ सय २५ गोल गरेका छन् ।
पहिलो हाफ १–० को अग्रता लिएको युभेन्ट्सले दोस्रो हाफमा १ गोल खायो भने थप एक गोल गरे।
खेलको ६९ औं मिनेटमा राम्सेले गोल गर्दै अग्रता दोब्बर बनाए। तर युभेन्ट्सका खेलाडीले एसपीएलका स्ट्राइकरलाई लडाएपछि पाएको पेनाल्टीलाई पेटेर्गियाले खेलमा फर्काउने कोशिस गरेपनि सफल भएनन्।
जितसँगै युभेन्ट्सले २५ खेलबाट ६० अंक जोडेको छ। यता एक खेल खेलेको लाजियो ५६ अंकका साथ दोस्रो स्थानमा रहेको छ। यस्तै २४ खेल खेलेको इन्टर मिलान ५४ अंकको साथ तेस्रो स्थानमा रहेको छ।
पराजित एसपीएल २५ अंक जोड्दै रेलिगेशन क्षेत्रमा रहेको छ।