लेभान्तेसँग रियल मड्रिडकाे अप्रत्यासित हार

 रियल मड्रिडले स्पेनिस लिग ला लिगामा लेभान्तेसँग अप्रत्यासित हार ब्यहोरेको छ। 

शनिबार राति भएको खेलमा घरेलु टोली लेभान्तेसँग मड्रिड १–० गोल अन्तरले पराजित भएको हो।

लेभान्तेको जितमा खेलको ७९औं मिनेटमा जोसे लुईस मोरालेसले विजयी गोल गरे।

रियल मड्रिडले अक्टोबरपछि लिगमा पहिलो हार ब्यहोरेको हो। हारसँगै रियलले शीर्ष स्थानमा पुनरागमनको मौका गुमाएको छ।

जितसँगै लेभान्ते ३२ अंक सहित तालिकाको दशौं स्थानमा उक्लिएको छ। 

रियल ५३ अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

शनिबार रातिनै प्रभावशाली जितसहित बार्सिलोना इबरविरुद्द ५–० गोल अन्तरको जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ।

प्रकाशित मिति: : 2020-02-23 20:06:13

प्रतिकृया दिनुहोस्