प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले जित हात पारेको छ।
शनिबार राति लेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा सिटीले १–० को साघुँरो जित निकालेको हो।
सिटीको जितमा ग्याब्रियल जिससले खेलको ८० औं मिनेटमा विजयी गोल गरेका थिए। बेन्चबाट मैदान छिर्दै जिससले गोल गरेपछि लिगमा सिटीले तीन अंक बटुल्न सफल रह्यो।
जितसँगै सिटीले तेस्रो स्थानको लेस्टरसँग ७ अंकको अग्रता कायम गरेको छ।
सिटी ५८ अंक सहित तालिकाको दोस्रो स्थानमा यथावत छ।
लेस्टर ५० अंक सहित तेस्रो स्थानमा छ।