सुनको मूल्य उकालाे लाग्ने क्रम जारी, यही हप्ता ताेलाकाे ८० हजारसम्म पुग्ने अनुमान

नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। 

आइतबार सुन तोलामा सात सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७८ हजार आठ सय रुपैयाँ पुगेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज शनिबारको भन्दा १८ डलरले बढेर प्रतिऔंस १६ सय ४४ डलर पुगेको छ। प्रतिऔंसमा दुई तोला ६ मासा साढे ६ लाल सुन हुन्छ।

शुक्रबारका लागि छापावल सुनको प्रतितोला मूल्य ७८ हजार १ सय र तेजावी सुनको मूल्य ७७ हजार ८ सय रुपैयाँ तोकिएको थियो।

फागुन ६ गते देखि दैनिक बढ्न थालेको सुनको मूल्यले हरेक दिन उच्च मूल्यको रेकर्ड राखेको महासंघले जनाएको छ।

अहिलेको अवस्था हेर्दा सुनको भाउ यही हप्ता नै तोलको ८० हजार पुग्ने अनुमान गरिएको छ।

यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको ९ सय २० रुपैयाँ पुगेको छ। 

प्रकाशित मिति: : 2020-02-23 23:39:40

प्रतिकृया दिनुहोस्