स्पेनिस ला लिगा एट्लेटिको मड्रिड विजयी भएको छ।
शनिबार राती भएको खेलमा एट्लेटिकोले आफ्नो मैदानमा भिल्लारियललाई ३–१ ले हराएको हो।
खेलमा भिल्लारियलले सुरुमै अग्रता लिएको थियो। पाको अल्कासरले १६औं मिनेटमा गोल गर्दै भिल्लारियललाई अग्रता दिलाए।
४०औं मिनेटमा एंगल कोरियाले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए। ६४औं मिनेटमा कोरियाको पासमा कोकेले गोल गरेपछि एट्लेटिकोले अग्रता लियो।
७४औं मिनेटमा कोके दिएको पासलाई जाओ फिलिक्सले गोलमा परिणत गर्दै एट्लेटिकोलाई ३–१ को जित दिलाए।
जितसँगै ४३ अंक बनाएको एट्लेटिको तेस्रो स्थानमा उक्लिएको छ।