वार्यनसँग चेल्सीकाे लजास्पद हार

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा जर्मन क्लब वार्यन म्युनिखले फराकिलाे जित निकालेको छ।

मंगलबार राति भएको खेलमा वार्यनले लण्डन क्लब चेल्सीलाई ३–० गोल अन्तरले हराएको हो।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा वार्यनलाई जित दिलाउन सर्ज गन्ब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे।

चेल्सीका मार्कोस एलान्सोले रातो कार्ड खादै मैदान बाहिरिएपछि चेल्सी खेलको अन्तिम ७ मिनेट १० खेलाडीमा सिमिति बनेको थियो।

गन्ब्रीले ५१ औं मिनेटमा गोल गर्दै वार्यनलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको दुई मिनेट लगत्तै गन्ब्रीले वार्यनको अग्रता दोब्बर बनाउने काम गरे।

यस सिजन उत्कृष्ट फर्ममा रहेका रोबर्ट लेवान्डोस्कीले ७६ औ‌ं मिनेटमा गोल गर्दै वार्यनलाई सहज जित दिलाए।

हारसँगै चेल्सीको क्वार्टरफाईनल प्रवेशको सम्भावना कठिन बनेको छ। 

प्रकाशित मिति: : 2020-02-26 19:47:00

प्रतिकृया दिनुहोस्