एआईजीको लागि तीन डीआईजीको नाम सिफारिस

बिएल संवाददाता

काठमाडाै‌ं

गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीमा रिक्त तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को लागि तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी)को नाम सिफारिस गरेको छ ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरु तारिणी लम्साल, शैलेस थापा क्षेत्री र हरीबहादुर पाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाको लागि सिफारिस गरिएको हो ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी)को बरियतामा पहिलो, दोश्रो र तेस्रो नम्बरमा रहेका उनीहरुलाई सोही बरियता अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)बढुवाको लागि सिफारिस गरिएको छ ।

बढुवा सुचीको पहिलो नम्बरमा रहेका तारिणी लम्साल हालका प्रहरी महानिरीक्षक ९आईजी० ठाकुर ज्ञवालीसंगै २०४७ असार २५ मा प्रहरी निरिक्षक (इन्स्पेक्टर) बाट सेवा प्रवेश गरेका हुन् । उनीसँगै एकै मितिमा सेवा प्रवेश गरेका सुर्य उपाध्याय प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवामा पछाडी परेकाले एआईजी बढुवामा अटाएनन् ।

पहिलो नम्बरमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा सिफारिस भएका लम्सालले ३० बर्षे सेवाहदका कारण आगामी असार २४ मा अनिवार्य अवकाश पाएपछि भावी प्रहरी महानिरीक्षक (आईजी) को लागि थापा र पालबीच प्रतिस्पर्धा हुनेछ ।

उनीहरू दुबैजना २०४९ बैशाख १९ मा प्रहरी निरिक्षक (इन्स्पेक्टर) बाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका अधिकृत हुन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा आफ्नो ब्याचबाट पहिलो नम्बरमा बढुवा सिफारिस भएका शैलेस थापा (क्षेत्री)लाई नेपाल प्रहरीको भावी (२८औं) प्रहरी महानिरीक्षक (आईजी) रुपमा हेर्न थालिएको छ ।

थापा नेपाल प्रहरीको केन्द्रिय प्रवक्ताको जिम्मेवारीमा छन् भने पाल विशेष ब्यूरोको प्रमुख छन् । एआईजीको दरबन्दी कम भएका कारण थापा र पालसंगै डीआईजीमा बढुवा भएका निरजबहादुर शाही, प्रध्युम्न कार्की र सुर्यप्रसाद उपाध्याय एआईजी बढुवा सिफारिसमा परेनन् । डीआईजी उपाध्याय ३० बर्षे सेवाहदका कारण आगामी असार २४ मा अनिवार्य अवकाशमा जानेछन् ।

प्रकाशित मिति: : 2020-02-28 07:02:40

प्रतिकृया दिनुहोस्