नेकपामा ‘युद्धविराम’ : बामदेव राष्ट्रियसभामा, खतिवडा ६ महिना अर्थमन्त्री !

अनलाइनखबर

काठमाडौं

बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन पार्टी सचिवालयको निर्णय नमान्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अडानसँगै उत्कर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद तत्कालका लागि मिल्ने देखिएको छ ।

अब उपाध्यक्ष गौतम राष्ट्रियसभा सदस्य बन्नेछन् भने डा. युवराज खतिवडा कम्तीमा थप ६ महिना अर्थमन्त्री नै हुनेछन् ।

१० फागुनमा बसेको नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा गौतमलाई पठाउने निर्णय गर्‍यो । यो निर्णय गरेको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली सहभागी थिए र गौतमबारे सर्वसम्मत निर्णय भएको थियो ।

प्रकाशित मिति: : 2020-02-29 02:00:17

प्रतिकृया दिनुहोस्