इंगि्लस प्रिमियर लिग फुटबलमा लिभरपुलले सिजनको पहिलो हार ब्यहोरेको छ।
१३ महिनासम्म अपराजित भएको लिभरपुल शनिबार राति भएको खेलमा रेलिगेशन जोनबाट बच्न संघर्षरत वाटफोर्डसँग ३–० ले पराजित भएकाे हाे।
वाटफोर्डको जितमा इस्माइला सर्रले दुई गोल गरेका थिए भने ट्रोय डेनीले एक गोल गरेका थिए। वाटफोर्डले तीनै गोल दोस्रो हाफमा गरेको थियो।
सर्रले ५४ औं मिनेटमा गोल गर्दै वाटफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए। ६० औं मिनेटमा उनैले अग्रता दोब्बर बनाए।
कप्तान डेनीले ७२ औं मिनेटमा गोल गर्दै वाटफोर्डको शानदार जित सुनिश्चित गरेका थिए।
यो हारसँगै लिभरपुलको लगातार १८ खेलमा जितको ब्रेक लागेको छ भने ४४ खेलसम्म अपाराजित रहेकोमा पनि ब्रेक लागेको छ।
वाटफोर्डबिरुद्ध जित निकाल्दै प्रिमियर लिग ईतिहासमा सर्वाधिक लामो जितको कीर्तिमान बनाउने अवसर एनफिल्ड क्लबलाई थियो। साथै लिभरपुलले २०१९ को मार्च पछाडि पहिलो पटक कुनै खेलमा गोल गर्न असफल भएको छ।
योसँगै लिभरपुलको २८ खेलमा ७९ अंक रहेको छ भने अझै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा २२ अंकले अगाडी रहेको छ । एक खेल कम खेलेको सिटीको ५७ अंक रहेको छ।
त्यस्तै वाटफोर्डको भने २८ खेलमा २७ अंक रहेको छ र लिगको १७औ स्थानमा रहेको छ।