इटालियन सिरी ए फुटबलमा लाजियो शीर्ष स्थानमा उक्लिएको छ। बोलोगनालाई २–०ले हराउँदै लाजियो शीर्ष स्थानमा उक्लिएको हो।
शनिबार राति भएको खेलमा लाजियोलाई जिताउन लुइस अल्बेर्टो र कार्लोस कोरेराले एक–एक गोल गरे। लाजियोले दुवै गोल पहिलो हाफमा गरेको हो।
खेलको १८ औं मिनेटमा लुइसले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेट अर्थात २१ औं मिनेटमा कोरेराले गोल थपेपछि लाजियोले पहिलो हाफमै जित सुनिश्चित ग¥यो।
जितसँगै लाजियोले २६ खेलबाट ६२ अंक बनाएको छ। ऊ युभेन्ट्सभन्दा दुई अङ्कले अघि छ । तर युभेन्टसले एक खेल कम खेलेको छ । युभेन्ट्सको खेल भने कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगित नै गरिएको छ । युभेन्ट्सको २५ खेलबाट ६० अंक रहेको छ।
यता २४ खेलबाट ५४ अंक जोडेको एसी मिलान ५४ अंकको साथ तेस्रो स्थानमा रहेको छ।
शनिबार नै भएको अर्को खेलमा नापोलीले टोरिनोलाई २–१ गोल अन्तरले हराएको छ। नापोलीका लागि कोस्टास मनोलसले १९ औँ र गियोभानी डी लोरिन्जोले ८२ औँ मिनेटमा गोल गरे। टोरिनाका लागि खेलको ९१ औँ मिनेटमा सिमोनी इडेराले सान्त्वना गोल गरे।