समिर जोशीको टेलिशृंखला ‘खोई कुरा बुझेको?’ छायांकन प्रारम्भ

बिएल संवाददाता

काठमाडाै‌ं

संचारकर्मी तथा सिने निर्देशक समिर जोशीको लेखन तथा निर्देशनमा हाँस्य पारिवारिक टेलिशृंखला ‘खोई कुरा बुझेको?’ छायांकन प्रारम्भ भएको छ। स्वस्तिक सिने आर्ट्स र बिनभ क्रियसनको सयुक्त प्रस्तुतीमा सो टेलिशृंखलाको निर्माता सागर बस्नेतले गरेका छन्।  

प्रत्येक शृंखलामा नयाँ कथाबस्तु रहने सो टेलिशृंखलाको कलाकारमा भने शितल केसी ,अस्मिता बस्नेत, निशा पाख्रिन, सबिता लकाई खडका, सुस्मिता ख्याती, दिपेश बन्जारा, सागर गिरि, नमिता खडका, सागर बस्नेत र समिर जोशी रहेका छन्। 

शृंखला निर्देशक बाणी पोखरेलले गरेका हुन् भने छायांकन सुनिल सिंह, सम्पादन अमन महर्जन र सांगे शेर्पा शिर्ष गीत ज्योति खतिवडा, गायन तथा संगीत प्रमोद पाण्डे, मेकअप भने बिस्वराम हापु र शंकर पाण्डले गरेका छन्।

 निमेष खनाल सल्लाहकार रहेको उक्त टेलिशृंखला टिभी ‘वन यच डी’ तथा अन्य राष्ट्रिय टेलिभिजनमा प्रसारण हुने तथा उक्त टेलिशृंखलाको बजार ब्यवस्थापन पायोनियर मिडियाको रहेको छ।

प्रकाशित मिति: : 2020-03-02 04:28:26

प्रतिकृया दिनुहोस्